+
+

गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते ११:४६

२१ जेठ, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको थियो । जिपमा ८ जना सवार थिए ।

घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी पोखरेलले बताए । घाइते सबैलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

दुर्घटनामा परेर २९ वर्षका केशव राना, ३७ वर्षकी रिता छन्तेल, ४ वर्षकी ईरिसा छन्तेल, २६ वर्षका अजय नेपाली, ७५ वर्षका टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल र २३ वर्षका मेख बराल घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?