+
+

बजेटमाथिको छलफल वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १३:३९

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् ।

प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा कुनै परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उनले थपे, ‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो । म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’

सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताए ।

गत वर्ष बजेटको सिलिङ नै घटाइएको जान्दा जान्दै आगामी आर्थिक वर्षका लागि कढाउनु आफैंमा नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?