+
+

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:००

२१ जेठ, काठमाडौं । अनलाइनमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-९ घर भई काठमाडौं मित्रनगर बस्दै आएका २१ वर्षीय वीरबल घर्तीमगर छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इन्टाग्राम, भाइबरलगायतमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी प्रलोभन देखाएर ठगी गरेको आरोप लागेको छ ।

उनले उपहार स्वरुप घडी, ब्याग, गरगहना, आईफोन पठाएको र त्यसका लागि भन्सार शुल्क तिर्नुपर्ने भन्दै बैंक खातामा रकम पठाउन लगाएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

पक्राउ परेका घर्तीमगरलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?