+
+

माओवादी सांसदले अर्थमन्त्रीसँग मागे बजेट क्यालेन्डर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:०९

२१ जेठ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनसँग बजेट क्यालेन्डर माग गरेका छन् ।

क्यालेन्डर नै बनाएर बजेट कार्यान्वयनमा जान नसके प्रतिफल दिन नसक्ने उनको भनाइ छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट क्यालेन्डर एउटा निर्माण गरेर काम नगर्ने हो भने असारे विकास भनेर हामी जे चर्चा गरिरहेका छौं। त्यसको पुनरावृति हुने खतरा उत्तिकै छ’ सांसद सापकोटाले भने ।

काम गर्नेलाई पुरस्कृत र नाक नगर्नेलाई दण्डित गर्ने गरी बजेट क्यालेन्डर बन्नुपर्ने उनको सुझाव छ ।

सांसद सापकोटा थप्छन्, ‘ठेक्का लगाउने कार्यालय, बजेट म्यानेर उहाँहरु सबैले राम्रोसँग अनुगमन र जवाफदेही भएर काम गरे पनि तलब पाक्ने, हुने नहुने जस्तो पनि छ । काम गरे पुरस्किृत हुने काम नगरे दण्डित हुने गरी हामीले बजेट क्यालेन्डर बनाएर जानुपर्ने आवश्यकता म देख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?