+
+

ट्याक्सी चालकसँग मिलेर यात्रु लुटेको आरोपमा युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:२०

२१ जेठ, काठमाडौं । ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी एक युवती पक्राउ परेकी छिन् ।

लुटपाटमा संलग्न युवतीसहित लुटिएको सिक्री बेच्न सहयोग गर्ने र किन्ने गरी तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरुमा ट्याक्सीका यात्रुको गलाको सिक्रि थुत्ने गोरखा घर भई काठमाडौं कपुरधारा बस्दै आएकी २८ वर्षीया उषा विष्ट, चोरीको सिक्री बेच्न सहयोग गर्ने सर्लाहीको राजघाट नगरपालिका–६ का रामहरि खड्का र सिक्री किन्ने सोही ठेगानाका ३७ वर्षीय हरि शंकर चौधरी छन् ।

३० वैशाख दिउँसो ३:१५ बजेतिर सुन्धाराबाट ट्याक्सी चढेका कविराज नेपालीको गलाको सिक्रि सोही ट्याक्सीमा सवार युवती विष्टले लुटेकी थिइन् ।

उनले ट्याक्सी चालकसँग मिलमतो गरेर लुटपाटट गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

ट्याक्सी चालकसँग मिलेर चालकसँगकै अगाडिको सिटमा बस्ने र यात्रु आएपछि पछिल्लो सिटमा बसेर यात्रुसँग निकट भएर लुटपाट गर्ने गरेको पाइएको छ । सोही शैलीमा यात्रु नेपालीको गलाको सिक्रि लुटपाट भएको प्रहरीले जनाएको छ । सिक्री लुटिएपछि उनले प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका थिए ।

माछापोखरी क्षेत्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी युवती विष्टविरुद्ध चोरीको कसुरमा ५ दिने र सुन बेच्न सहयोग गर्ने र किन्ने युवालाई ४ दिनको म्याद थप गरी प्रहरी वृत्त जनसेवाले अनुसन्धान अघि बढाएको छ ।

ट्याक्सी चालक भने अहिलेसम्म फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका चौधरीबाट लुटिएको सिक्री समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?