+
+

बजेटले विकासतर्फ होइन ऋणको पासोमा लैजान्छ : कांग्रेस सांसद कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:३८

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक बर्षको बजेटमा कुनै नयाँ योजना नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले बजेटले नयाँ कार्यक्रम नल्याएको तर असीमित दायित्व थप्ने काममात्र गरेको बताए ।

बजेटले समेट्नुपर्ने कतिपय विषय नसमेटेको सांसद कार्कीको भनाइ छ । ‘रेमिटयान्सको परनिर्भता कम गर्ने कुनै योजना छैन । रेमिट्यान्स घट्दा के गर्ने कुनै योजना छैन’, उनले भने ।

बजेटले देशलाई विकासतर्फ नभई ऋणको पासोतर्फ लैजाने सांसद कार्कीले बताए । अर्थतन्त्रले गति नलिइसकेको समयमा बजेटले उद्यमी व्यवसायीलाई आशा जगाउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

बजेटमा राखिएको वैदेशिक ऋण, आन्तरिक ऋण र अनुदानको लक्ष्य महत्वाकांक्षी रहेको भन्दै सांसद कार्कीले धेरै आन्तरिम ऋण उठाउँदा तरलता अभावले निजी क्षेत्र समस्यामा पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?