+
+

संवैधानिक परिषद् संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:३९

२१ जेठ, काठमाडौं । संवैधानिक परिषद् संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफवार छलफलपछि संशोधनसहित तयार पारेको विधेयक सभामा पेश भएको हो ।

सोमबार बसेको प्रतिनधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयकको प्रतिवेदन पेश गरेका हुन् ।

विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा १५ वैशाख २०८० मा गएको थियो । राज्य व्यवस्था समितिले १७ जेठ २०८१ मा विधेयक पास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?