+
+

पदपूर्तिको माग गर्दै सीटीईभीटीका कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १५:२०

२१ जेठ, काठमाडौं । पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारीहरुले कार्यालयमा रिले अनसन सुरू गरेका छन् ।

परिषद्ले पटक-पटक सम्झौता गरे पनि लागू नगरेको भन्दै आइतबारदेखि रिले अनसन शुरु गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले बताए ।

उनीहरुले विगत पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषदले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदन अनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० सालदेखि आन्लोलनरत रहेको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष खत्रीले बताए ।

प्रशासनले आफू अनुकुलका मान्छेहरुको बढुवा सुनिश्चित नभएको कारण पदपूर्ति नगरेको आरोप खत्रीको छ । उनले भने, ‘केही समय रोकेपछि अनिवार्य अवकासमा गएका व्यक्तिहरुको ठाउँमा आफ्ना मान्छेहरु बढुवा सुनिश्चित हुने भएपछि विज्ञापन गर्ने नियतले अगाडी बढेको देखिन्छ ।’

यसबीचमा परिषद र कर्मचारी संगठनहरुबीच पटक पटक सहमति हुने तर कार्यान्वयन नभइरहेकाले आइतबारदेखि पुन: रिले अनसन सुरू गरेको उनले बताए ।

परिषदका उपाध्यक्ष खगेन्द्र अधिकारीका अनुसार परिषदको स्थायी दरबन्दी संख्या ९३२ हो । त्यसमध्ये ३९२ पद रिक्त रहेको छ ।

रिक्त रहेको दरबन्दी पूर्ति गर्नको लागि शिक्षा मन्त्रालयको निर्णय पर्खिरहेको परिषदका उपाध्यक्ष अधिकारीले बताए । उनले भने, ‘परिषद्ले कसरी पदपूर्ति गर्न सकिन्छ भनेर अर्थमन्त्रालयको सुझाव सहमतिको लागि पठाइएका थियौं अर्थले शिक्षा मन्त्रालय पठाएको छ अब शिक्षाले सुझाव सहितको सहमति पठाएपछि हामी अगाडी बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?