+
+

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १६:००

२१, जेठ हेटौंडा। नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन् ।

१२ औं जिल्ला अधिवेशअन्तर्गत सोमबार दिउसो सम्पन्न मतगणनाअनसार पोख्रेल ३१३ मत ल्याएर विजयी बनेका हुन् । उनको प्रतिद्वन्द्वीमा ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल थिए ।

इन्द्रमानले २६२ मत, थापाले १६६ मत र रिमालले ११ मत पाए । पोख्रेल एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)बाट गत स्थानीय तहको निर्वाचन अगाडि पुनः एमालेमै फर्किएका थिए ।

उनलाई कृष्ण दाहालको समर्थन थियो । स्याङ्तान देवी ज्ञवालीको समर्थनमा र थापा रामेश्वर रानाको समर्थनमा निर्वाचन उठेका थिए । स्याङ्तानलाई संस्थापन पक्षले समर्थन गरेको थियो । संस्थापन पक्षका रघुनाथ खुलालले उम्मेदवारी फिर्ता लिएका थिए ।

यसैगरी, उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित विजयी भएका छन् । लामाले सुनिल मोक्तान (१९७), ध्रुवप्रसाद चौलागाईं (२६) र भरत दुलाल (३८) लाई पराजित गरे ।

सचिवमा २९७ मत ल्याउँदै सिता विष्ट निर्वाचित भइन्। विष्टले मदन दाहाल (२५५) र राजन थापा (१७१) लाई हराएकी हुन् ।

उपसचिव खुलामा २४१ मत ल्याएर फुर्वा दोर्जे लामाले र उपसचिव महिलामा २४१ मत पाएर आरती पाठकले जित हात पारेका छन् ।

सोमबार बिहान १० बजेदेखि पदाधिकारीको मात्रै मतगणना गरिएको निर्वाचन समितिका सुजन तिमल्सिनाले जानकारी दिए । आजै ५ बजेदेखि सदस्यहरूको मतगणना हुने तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?