+
+

अध्यागमन कर्मचारीका लागि तोकियो छुट्टै पोशाक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १६:१५
Photo Credit : प्रस्तावित ड्रेस कोड (स्रोतः अध्यागमन विभाग)

२१ जेठ, काठमाडौं । अध्यागमन विभागले अध्यागमन कार्यालयहरुमा खटिने कर्मचारीका लागि छुट्टै पोशाक (ड्रेस कोड) तोक्ने निर्णय गरेको छ । विभागले अन्य निजामती कर्मचारीले जस्तै पोशाक लगाउँदा अध्यागमनका कर्मचारीहरुको पहिचान असहज भएको भन्दै छुट्टै पोशाक तोकेको हो ।

विभागका महानिर्देशक कोषहरि निरौला महिला र पुरुषका लागि अध्यागमनका कर्मचारीले लगाउने पोशाक तोकेरै कार्यान्वयनका लागि कार्यालयहरुमा परिपत्र गरिसकेको बताउँछन् । अन्तर्राष्ट्रिय विमानस्थलसहित नाकामा रहेका अध्यागमन कार्यालयमा सेवामा खटिने कर्मचारीहरुले अब नयाँ तोकिए बमोजिमको पोशाक लगाउनुपर्नेछ । अध्यागमन कार्यालयमा खटिनेहरूको खरानी रंगको ड्रेसमै ‘इमिग्रेसन अफिसर’ उल्लेख हुनेछ ।

‘अध्यागनका कर्मचारीहरु फुर्तिलो, हसिंलो र फरक पहिचानसहितको हुनुपर्छ,’ महानिर्देशक निरौला भने,‘अध्यागमन सेवा लिने सेवाग्राहीलाई सन्तुष्ट बनाउन यो कदमले सहयोग पुग्ने विश्वास गरिएको छ ।’

विदेशमा पनि अध्यागमन अधिकृतहरुलाई छुट्टै ‘ड्रेस कोड’ तोक्ने व्यवस्था गर्ने प्रचलन छ । धेरै देशमा त प्रहरीलाई नै अध्यागमनको सेवा हेर्ने अधिकार दिइएको हुन्छ ।

नेपालमा विगतमा त्यस्तो अभ्यास भएपनि अहिले निजामती सेवाका कर्मचारीहरु नै अध्यागमनमा हुन्छन् । उनीहरुको पोशाक फरक नहुँदा कतिपय अवस्थामा विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीसँग विवादहरु हुने गरेको छ ।

गृहमन्त्री रबि लामिछाने आफैंले पोशाक फेर्न निर्देशन दिएपछि विभागले निर्णय लिएको हो । पहिले फुलीसहितको प्रस्ताव गरिएपनि पछि हटाएर पोशाकको कोड फाइनल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?