+
+

गुल्मीमा सुन्तलामा देखियो औंसा किराको प्रकोप

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १६:२४

२१ जेठ, गुल्मी । गुल्मीका किसानले लगाएको सुन्तलामा औंसा किराको प्रकोप देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ र छत्रकोट गाउँपालिका–४ श्रृङ्गाका किसानले लगाएको सुन्तलामा औंसा किरा देखिएको हो ।

गत वर्ष भाडगाउँमा पाक्ने समयभन्दा अघि नै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेपछि किसानले कृषि ज्ञान केन्द्रलाई जानकारी गराएका थिए । अनुगमन गर्दा सुन्तलामा औंसाको प्रभाव देखिएको थियो ।

सुन्तलाका बोटहरु सुक्दै जाने, फल पहेलो हुने, किरा लाग्ने जस्ता समस्या देखिएको किसानको भनाइ छ । यस वर्षपनि औंसा किरा देखिएको हुँदा उत्पादन कम हुने डर देखिएको भाडगाउँका पितमबहादुर खत्रीले बताए ।

उनले सुन्तलामा रोगका कारणले दाना झर्ने गरेकाले समस्या हुँदै गएको बताए । समयमै यसको उपचार नभए सबै सुन्तला झरेर सकिने खत्रीको भनाइ छ ।

प्रधानमन्त्री कृषि आघुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गंगा पोखरेलले जिल्लामा सुन्तलामा देखिएको औंसा किरा रोकथाम र न्यूनिकरणको लागि बाली वस्तुविशेष स्थलगत तालिम दिन सुरु गरिएको बताइन् ।

औंसा किरा सुन्तला लगायत मौसम, निवुवा, जुनार लगायतका फलमा पनि देखिने गर्छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख तथा वरिष्ठ बाली कृषि अधिकृत नवराज भण्डारीले एउटा औंसा किराले ५० देखि २ सय वटासम्म किरा पार्ने हुँदा यसको प्रभाव तिव्र फैलिने बताए । त्यसकारण जति सक्दो चाँडो नियन्त्रण गर्नु पर्ने भण्डारीको भनाइ छ ।

गुल्मी जिल्लाको सबै स्थानीय तहमा गरी एक हजार २७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?