
२१ जेठ, काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।
सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् ।
सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ ।
प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । उक्त बैठकमा एक घण्टा बजेटमाथि सामान्य छलफल चलाउने र त्यसपछि अर्थमन्त्री पुनले जवाफ दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4