+
+

इटहरीमा सडक सफा गर्ने र बिरुवालाई पानी हाल्ने मेसिन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १६:४५

२१ जेठ, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले धुलाम्मे सडक पखाल्नका लागि ‘रोड वासर कम स्प्रिङकलर’ ल्याएको छ ।

यो मेसिन बिरुवामा पानी हाल्न र सडक पखाल्नका लागि प्रयोग हुने उपमहानगरले जनाएको छ ।

सडक सफा गर्नेसँगै बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नका लागि मेसिनको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनले भने, ‘सहरलाई सफा बनाउँदै हरियाली प्रवर्द्धन गर्न मेसिन ल्याएका हौं ।’ उनका अनुसार मेसिलाई ६५ लाख रुपैयाँ परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?