+
+

मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:२३
रञ्जिता श्रेष्ठ

२१ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने भएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । ‘सरकारमा जाने भन्ने कुरा हो, प्रधानमन्त्रीले पर्यटन भन्नुभएको छ’, श्रेष्ठले भनिन् ।

तर उनी सरकारमा कहिले सहभागी हुने भन्ने निश्चित छैन । ‘तयार भएपछि बोलाउनुहोला’, उनले भनिन् ।

प्रचण्डकै मन्त्रिपरिषद्‍मा यसअघि श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री थिइन् । तर गत २१ फागुनमा सत्ता समीकरण फेरिएपछि उनी मन्त्रीबाट हटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?