+
+

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, कृष्णा बनिन् ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:४१

२१ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको थियाे ।

सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित भएकी हुन् ।

२३ चैतमा मुख्यमन्त्री नियुक्त महराले १२ वैशाखमा मन्त्रिपरिषद विस्तार गर्दा ऊर्जा मन्त्रालय आफैंसँग राखेका थिए ।नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । एक जना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन् ।

८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ । यस डिल्ली चौधरीको पालामा मन्त्रालय संख्या ९ वटा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?