+
+

लुम्बिनी प्रदेशमा बुधबारदेखि श्रमाधान रोजगार मेला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १७:४४

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशमा २३ र २४ जेठमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आयोजना हुने मेलाको तयारी पूरा भएको मेला संयोजक लोकनाथ भुसालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

लुम्बिनी प्रदेश मेला संयोजक एवम् उपसचिव भुसालले रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने बताए ।

उनले यो कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए । मेलाबाट रोजगारी सिर्जना, युवा सशक्तिकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख लेखराज पाण्डयले सबै सरोकारवालाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण संकलन गरिने पनि उनले जानकारी दिए । मेलामा ४१ स्टल राखिने भएको छ ।

श्रमाधान रोजगार मेला १७ जेठमा कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि सुरु भएको हो । मेला हरेक प्रदेशमा दुई दिन सञ्चालन हुनेछ ।

कोशी प्रदेशमा १७ र १८ जेठ, मधेश प्रदेशमा १९ र २० जेठ र गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठमा आयोजना गरिएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठमा, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा २५ र २६ जेठमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ जेठमा हुँदैछ भने बागमती प्रदेशमा ललितपुरमा २९ र ३० जेठमा सञ्चालन भएपछि सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?