+
+

होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १८:२२

२१ जेठ, काठमाडौं । होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ ।

उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ ।

कास्कीको रुपा गाउँपालिका–६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्गर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?