+

बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

२०८१ जेठ  २१ गते १८:३७ २०८१ जेठ २१ गते १८:३७
बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको अधिवेश सम्पन्न

२१ जेठ, काठमाडौं । बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा समन घिमिरे, उपाध्यक्षमा सुमन कट्टेल, सन्तोष सापकोटा, विकास लामा, महासचिवमा साजन देउजा चयन भएका छन् ।

सचिवमा विमल कार्की, सहसचिवमा माइकल प्रजा, कोषाध्यक्षमा अनिश बानियाँ चुनिए ।

सदस्यमा राम दाहाल, सफल तामाङ, शंकर तिवारी, आरती लामा, बिपिन कुइँकेल, रमेशकुमार कार्की, विनोद महर्जन, रिमा रसाइली, विभूषा बजगाईं र सन्जीव भट्टराई चयन भए ।

स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा अधिवेशनमा सहभागी वक्ताहरूले जोड दिएका थिए ।

संघ ५ वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचनाअन्तर्गत गइसकेको केन्द्रीय सचिव दिनेश बजगाईंले जानकारी गराए ।

स्केट स्केटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय