+

नेपाल र नेदरल्याण्ड्स्‌ बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

२०८१ जेठ  २१ गते १९:०९ २०८१ जेठ २१ गते १९:०९
नेपाल र नेदरल्याण्ड्स्‌ बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

२१ जेठ, काठमाडौं । काठमाडौं महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

महानगरपालिका र ओपन डोर इन्टरनटेनमेन्टले युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

कार्यक्रममा मेयर बालेन्द्र शाह(बालेन) पनि सहभागी हुने ओपन डोर इन्टरनटेनमेन्टले जनाएको छ ।

इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने टुँडिखेलमा खाजा तथा खानाको स्टल समेत रहनेछ ।

नि: शुल्क प्रवेश रहेको टुँडिखेलमा ५ बजेबाट गेट खुल्नेछ । नेपाल र नेदरल्याण्ड्सको खेल भोलि साँझ ९:१५ देखि हुनेछ ।

काठमाडौं महानगर टुँडीखेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय