+

गण्डकीको तेस्रो जित

२०८१ जेठ  २१ गते १९:३४ २०८१ जेठ २१ गते १९:३४
गण्डकीको तेस्रो जित

२१ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ कोशीलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले लिगमा तेस्रो जित दर्ता गरेको छ ।

सोमबार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा गण्डकीले २५–२१, २५–१९ र २५–२० मा कोशीमाथि जित निकालेको हो ।

गण्डकीले पहिलो खेलमा विभागीय टिम एपीएफलाई हराउँदै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–० ले पराजित गरेको थियो ।

त्यस्तै कोशीको भने यो तेस्रो हार हो । पहिलो खेलमा आर्मीसँग सोझो सेटमा हार व्यहोरेको थियोे । दोस्रो खेलमा टिपटप हेल्प नेपालसँग ३–० ले हार व्यहोरेको थियो ।

सोमबार महिलातर्फ दुई खेल भयो । जसमा कर्णालीलाई सोझो सेटमा हराउँदै एपीएफ विजयी भएको थियो । दोस्रो खेलमा एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मीलाई हरायो ।

पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले बूढानीलकण्ठलाई सोझो सेटमा हरायो । दोस्रो खेलमा टिपटप हेल्प नेपालले सुदूरपश्चिम प्रदेशमाथि ३–० को जित निकाल्यो ।

तेस्रो खेल विभागीय टिम आर्मी र एपीएफबीच भएको थियो । जसमा आर्मीले एपीएफलाई सोझो सेटमा हरायो ।

भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय