+
+

मावि शिक्षकको कास्कीको २ वटा परीक्षा केन्द्र परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते २०:१३

२१ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले आगामी शनिबार गर्न लागेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत परीक्षाको कास्की जिल्लाको २ वटा परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै कास्की जिल्लाको विन्ध्याबासिनी मावि बाटुलेचौरमा हुने भनिएको परीक्षा बिन्ध्यावासिनी मावि बाटुलेचौर ‘क’ परीक्षा केन्द्र र राष्ट्रिय मावि टुँडिखेल परीक्षा केन्द्रको बिन्ध्यावासिनी मावि बाटुलेचौर ‘ख’ परीक्षा केन्द्रमा हुने जनाएको हो ।

आयोगले गत पुस २५ गते मावि तहको ६८६ रिक्त दरबन्दीको लागि खुला प्रतिस्पर्धात्मक शिक्षकको विज्ञापन खुला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?