
२१ जेठ, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएको छ ।
सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । कांग्रेसले नारा राम्रै भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ ।
कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले हेर्दा राम्रो देखिए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । ‘कार्यान्वयनमा गएपछि थाहा हुन्छ । सबै नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राम्रो हुन्छन् । कार्यान्वयनमा पो चुनौती छ,’ उनले भने ।’
सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट विचाराधीन रहेका कारण यसअघिका बैठक बहिष्कार गरेको कांग्रेस आजको बैठकमा सहभागी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4