+

चेल्सीको प्रशिक्षकमा एन्जो मरेस्का

२०८१ जेठ  २१ गते २१:५७ २०८१ जेठ २१ गते २१:५७
चेल्सीको प्रशिक्षकमा एन्जो मरेस्का

काठमाडौं । चेल्सीको प्रशिक्षकमा एन्जो मरेस्का नियुक्त भएका छन् । उनले माउरिसियो पोचेटिनोको स्थान लिनेछन् ।

४४ वर्षीय मोरेस्का लिसेस्टर सिटीमा थिए । उनले यो सिजन क्लबलाई च्याम्पियनसिपको उपाधि दिलाएर क्लबलाई प्रिमियर लिगमा उकालेका थिए ।

पोचेटिनोले क्लब छाड्न निश्चित भएपछि ब्राइटनका पूर्व प्रशिक्षक रोबर्टो ड जेरबी, ब्रान्टफोर्डका थोमर फ्राङ्क लगायतका प्रशिक्षक पनि चेल्सीको नजरमा थिए । तर मरेस्का स्टामफोर्डमा आएका छन् ।

चेल्सीको प्रशिक्षक हुनु हरेक प्रशिक्षकको सपना रहेको भन्दै उनले भने, ‘म पनि यो अवसरका लागि निकै उत्साहित छु ।’

मरेस्कासँग प्रिमियर लिग क्लबको प्रशिक्षक भएको अनुभव छैन । तर म्यानचेष्टर सिटीले ट्रेबल (प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग) उपाधि जित्दा पेप ग्वार्डिओलाको सहायक थिए । त्यसपछि लिसेस्टरमा गएका थिए ।

एन्जो मरेस्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय