+
+

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीमा नेपाल उपविजेता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ६:३२

२२ जेठ, काठमाडौं । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भएपछि उपविजेता बनेको हो ।

१२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गरेको थियो ।

समूह चरणमा पाँच मध्ये चार खेल जितेको नेपाल बंगलादेशसँगै पराजित भएको थियो । फाइनलमा पनि नेपालले बंगलादेशसँग खेल्दा बदला लिने अवसर थियो । तर, घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले नेपाललाई दोस्रो पटक हराउँदै उपाधि उचाल्यो ।

बंगलादेश लगातार चौथो पटक च्याम्पियन बनेको हो । नेपाल पहिलो पटक उपविजेता बनेको हो ।

फाइनलमा पराजित भएपनि नेपाली टिमका कप्तान घन्श्याम रोका मगर प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?