+

अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

२०८१ जेठ  २२ गते ८:०७ २०८१ जेठ २२ गते ८:०७
अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

२२ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ को समूह सीको खेलमा अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ ।

प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनायो । अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेले ।

गुर्बाजले ७६ र इब्राहिमले ७० रनको महत्वपूर्ण पारी खेलेका हुन् । तर, त्यसपछिका ब्याटरले भने राम्रो गर्न सकेनन् । मोहम्द नाबी १४ रनमा अविजित रहनुबाहेक अन्यले भने दोहोरो अंक जोड्न सकेनन् ।

युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २/२ र अलेपेश रमजानीले एक विकेट लिए ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय