+
+

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ८:५८

२२ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

केही संस्थापक सेयरधनीले सेयर बिक्रीका लागि प्रस्ताव गरेको तर विद्यमान संस्थापक सेयरधनीले खरिदका लागि आवेदन नदिएपछि आम सर्वसाधारण तथा संस्थाहरुका लागि कम्पनीले सेयर बिक्रीमा ल्याएको हो ।

सो संस्थापक सेयर खरिद गर्न इच्छुक आवेदकले ७ दिनभित्र नयाँ बानेश्वरस्थित निफ्राको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । संस्थापक सेयर बिक्रीका लागि सबैभन्दा पहिले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि प्रस्ताव गरिन्छ । ३५ दिनभित्र संस्थापकहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री गर्न सक्ने प्रावधान छ ।

हाल निफ्राको साधारण सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँ छ भने संस्थापक सेयर पछिल्लो पटक कारोबार भएको मूल्य १११ रुपैयाँ छ । विभिन्न पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्नु यस कम्पनीको मुख्य बिजनेस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?