+
+

टी-२० विश्वकपमा अफगानिस्तानको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ९:३८
अफगानिस्तानका बलर फजलहक फारुकी । उनी एक्लैले ५ विकेट लिए ।

२२ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ को समूह ‘सी’मा रहेको अफगानिस्तानले विजयी सुरुआत गरेको छ ।

आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुआत गरेको हो ।

अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो ।

युगान्डाका रोबिन्सन ‌ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले दुई/दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।

यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।

ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारीमा अफगानिस्तानले ठूलो स्कोर बनाएको हो । गुर्बाजले ७६ र इब्राहिमले ७० रन बनाए ।

ओपनरबाहेकका ब्याटरले भने राम्रो गर्न सकेनन् । मोहम्द नाबी १४ रनमा अविजित रहनुबाहेक अन्यले भने दोहोरो अंक जोड्न सकेनन् ।

युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २/२ र अलेपेश रमजानीले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?