+
+

सुनमा उच्च मूल्य रेकर्ड, एकैदिन १७ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ११:२५

२२ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?