+
+

मह भन्दै लागुऔषध ओर्सान पठाओ राइडरको प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते ११:३७

२२ जेठ, काठमाडौं । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ ।

बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्‍याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ ।

पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका-९ स्थित २७ वर्षीय मेघबहादुर ठकुरी र बागमती-४ घर भई काठमाडौं माकलबारी बस्ने ३४ वर्षीया नाना र माया नामले चिनिने सक्कली डिमडुङ छिन् ।

सोमबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना६ख ४५४० नम्बरको यात्रुबाहक बसलाई नागढुंगामा प्रहरीले जाँच गर्दा ट्याब्लेट र झोल लागुऔषध बरामद भएको थियो । उक्त लागुऔषध ठकुरी लिएर आएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

ठकुरीले उक्त लागुऔषध नानालाई दिन ल्याएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा नानाले पठाओ राइडरलाई पैसा दिएर उक्त लागुऔषध ल्याउन पठाएको खुलेको छ ।

सीसीको बोतलमा मह आएको छ भन्दै पठाओ राइडरलाई लागुऔषध बोक्न प्रयोग गरिएको खुलेको छ ।

पठाओ राइडरले लागुऔषध रिसिभ गर्नुभन्दा पहिले नै प्रहरीले लागुऔषध बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?