+
+

गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी चाहियो : राजेन्द्र केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:१४

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै गोप्य सूचना बेच्ने विषय आन्तरिक मामिला नभएको बताए ।

‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा हो । यो केवल आन्तरिक मामिलासँग सम्बन्धित छैन्,’ उनले भने ।

नागरिकहरु त्यस्तो सांसदबारे थाहा पाउनका लागि आतुर रहेको उनले बताए । अगाडि भनेका छन्, ‘यही संसदमा गोप्य सूचना बेच्ने सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने यो अत्यन्त गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो गोप्य सूचना बेच्ने यसको जानकारी चाहियो ।’

यो विषयमा सभामुखले रुलिङ गर्नुपर्ने उनको माग छ । अगाडि भन्छन्, ‘कहिले कहाँ कसरी कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो । त्यसकारण रुलिङ हुनुपर्‍यो ।’

यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसदिभत्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने बताएका थिए ।

त्यसदिन उनले भने, ‘दुई-तीनवटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि बाहिर पठाऊँ, संसदबाट हटाऊँ । त्यो जतिसुकै शक्तिशाली होस्, त्यो देशको मन्त्री होस् या पार्टीको महामन्त्री नै किन नहोस् ।’

गृहमन्त्रीको यो अभिव्यक्तिका सम्बन्धमा कांग्रेसका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?