२२ जेठ, नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।
थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा टाउकोमा बज्रन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो ।
वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4