+
+

वरुण धवन र नताशालाई पुत्रीलाभ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:०८

काठमाडौं । बलिउड अभिनेता वरुण धवन बुवा बनेका छन् । पत्नी नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो ।

वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक संजालमार्फत जानकारी दिएका छन् । नताशा र वरुण पहिलो पटक आमाबाबु बनेका हुन् । हजुरबुबा बनेपछि डेभिड धवन पनि खुसी छन् ।

आफूहरु आमाबाबु बनेपछि वरुण र नताशा खुसी छन् । धवन परिवारले यतिबेला घरमा राजकुमारीको जन्म भएपनि हर्षोल्लास मनाइरहेको छ । यो खबरले वरुणका फ्यान पनि खुसी छन् ।

फ्यानले सामाजिक सञ्जालमा वरुणलाई पिता बनेकोमा बधाई दिइरहेका छन् । एक फ्यान लेख्छन्- ‘छोरी जन्मेकोमा बधाई छ ।’ बलिउड निर्माता करण जोहरसहित सेलिब्रेटीले वरुण दम्पतीलाई बधाई समेत दिइरहेका छन् ।

वरुण-नताशाले छोरीको अनुहार कहिले सार्वजनिक गर्लान भन्ने पर्खाइमा यतिबेला फ्यान छन् । उनीहरुले २४ जनवरी २०२१ मा विवाह गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?