+

बूढानीलकण्ठलाई हराउँदै गण्डकीको लगातार चौथो जित

२०८१ जेठ  २२ गते १२:१५ २०८१ जेठ २२ गते १२:१५
बूढानीलकण्ठलाई हराउँदै गण्डकीको लगातार चौथो जित

२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत पुरुषतर्फको खेलमा बूढानीलकण्ठलाई ३–१ ले हराउँदै गण्डकी प्रदेशले चौथो जित निकालेको छ ।

गण्डकीले बूढानीलकण्ठलाई २५–१४, २२–२५, २५–१८ र २५–२२ मा पराजित गरेको हो ।

गण्डकीले शनिबार पहिलो खेलमा विभागीय टिम एपीएफलाई हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिममाथि जित निकालेको गण्डकीले तेस्रो खेलमा कोशी प्रदेशलाई हराएको थियो ।

बूढानीलकण्ठको भने यो चौथो हार हो । पहिलो खेलमा हेल्प नेपालसँग हारेको बूढानीलकण्ठ, दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो भने तेस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको हो ।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० ले पराजित गरेको छ ।

आज लिगमा बाँकी पाँच खेल हुनेछन् । तेस्रो खेल आर्मी र सुदूरपश्चिम खेलकुद क्लबबीच हुनेछ । चौथोमा हेल्प नेपाल र एपीएफबिच खेल हुनेछ ।

चार खेल पुरुष टिमको हुनेछ भने पाँचौं, छैटौं र सातौं खेल महिलाको हुनेछ ।

पाँचौं खेल एभरेष्ट भलिबल क्लब र चन्दागिरि नगरपालिका न्यूडाइमण्ड क्लबबीच हुनेछ । छैटौं खेल दुई विभागीय डर्बीको हुनेछ । नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्नेछन् । आजको अन्तिम खेलमा त्रिभुवन आर्मी र कर्णाली खेलकुद विकास काउन्सिलको हुनेछ ।

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय