+
+

कांग्रेस सांसदको प्रस्ताव : राष्ट्रिय सरकार गठन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:२०

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्नका लागि राष्ट्रिय सरकार आवश्यक भएको बताएका हुन् ।

‘यही संसद भित्रबाट हामीले राष्ट्रिय सरकार निर्माण गर्न सक्छौं । एउटा बडो डेमोक्रेटिक अलाइन्सको कल्पना गरौं,’ सांसद गौतमले भने ।

राष्ट्रिय सरकार बनाएर आवश्यक ठाउँमा संविधान संशोधन गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिने उनको भनाइ छ । यसो गरे जनतामा आशा र भारोसको संचार गराउन सकिने बताए ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेको छर, त्यसबेला ठीक ढंगले संविधान कार्यान्वयन गर्ने र मुलुकलाई ठीक दिशामा अगाडि बढाउन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?