+
+

शीर्ष नेतालाई प्रभु साहको प्रश्न : चुरे दोहन गर्नेबाट कति हिस्सा आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १३:१३

२२ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले चुरे संरक्षण नहुँदा तराई मधेशमा पानीको समस्या भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले चुरेको वन फडानी भएको, जंगली जनावरसमेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताएका हुन् ।

‘तराई मधेशमा पानीको हाहाकार छ । यसको कारण चुरे क्षेत्रको अवैध उत्खनन् हो’ उनी भन्छत्, ‘चुरेको संरक्षणको जिम्मेवारी पाएकाहरू दोहनमा संलग्न छन् । स्थानीय तहका जनप्रतिनिधिसमेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।’

स्थानीय जनप्रतिनिधि, सांसदहरू नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृतिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए ।

‘कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’

चुरे संरक्षणका लागि बन्ने समितिहरू पनि राजनीतिक भागबन्डाको आधारमा हुने र गएको बजेट भागबन्डामा वितरण हुने अवस्था रहेको उनले बताए ।

चुरे संरक्षण गर्नका लागि दोहनमा संलग्नहरूमाथि छानबिन हुनुपर्ने साहले बताए । यसका लागि संसदीय छानबिन समिति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?