+
+

सिन्धुलीमा ढलान गरिएको पुलको फर्मा खस्दा ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १३:५०
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका परिसरको दृष्य । फोटो : गाउँपालिकाको वेबसाइट

२२ जेठ, काठमाडौं । सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ ।

घाइते हुनेहरुमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने ३३ वर्षीय मनोज महतो, सोही ठाउँका ४५ वर्षीय अमलदेव महतो र विनोद महतो तथा सिन्धुलीको हरिहरपुरगढी–७ का ५० वर्षीय मदन घलान छन् । मनोज र अमलदेवको अवस्था मध्यम छ भने विनोद र मदनको अवस्था सामान्य छ ।

वडा अध्यक्ष बिचबहादुर मोक्तानले ढलान गरिएको पुलको फर्मा खोल्ने क्रममा कामदारहरु घाइते भएको बताए । ‘पुलको केही भागको फर्मा खोलिसकेको थियो, केही खोल्न बाँकी थियो, त्यही खोल्ने क्रममा चार जना घाइते भएका हुन्,’ वडाअध्यक्ष मोक्तानले भने, ‘घाइते भएकाहरुको हात, खुट्टा र ढाडमा चोट छ ।’

आज बिहान साढे १० बजेतिर भएको यो घटनामा घाइते भएका सबैलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्ज लगिएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएर घाइतेहरुको उपचारमा ठेकेदारसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?