+

पोखरा महानगरले पृथ्वीचोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

२०८१ जेठ  २२ गते १४:२५ २०८१ जेठ २२ गते १४:२५
पोखरा महानगरले पृथ्वीचोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

२२ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले नेपाल र नेदरल्यान्डस्‌बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्‌सँग राति ९ बजेदेखि खेल्दै छ ।

अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल पृथ्वीचोकस्थित डिजिटल स्क्रिनमा देखाउन लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसअघि महानगरले विश्वकप फाइनल खेल पनि पृथ्वीचोक बाटोमै देखाएको थियो ।

क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय