+

कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

२०८१ जेठ  २२ गते १८:२४ २०८१ जेठ २२ गते १८:२४
कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको र्‍यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ, भाइरस मानिसमा सर्छ । संक्रमित र्‍यालले कसैको आँखा, मुख वा खुला घाउबाट संक्रमण हुनसक्ने पनि सम्भावना हुन्छ ।

मानिसमा यो रोगका लक्षण केही महिनादेखि धेरै वर्षपछि देखिन्छन् । महिनामा रेबिजको प्रारम्भिक लक्षणमा परिणत हुन्छ । जस्तै- अल्छी लाग्ने,निद्रा लाग्ने वा चिडचिडापन आदि यी लक्षणहरु मानिसमा देखा परेमा उसलाई बाँच्न गाह्रो हुन्छ । रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार हुँदैन । रेबिज रोग बहुला कुकुर वा अन्य बहुलाएको जनावरले टोकेमा लाग्छ । त्यसपछि परामर्शका लागि नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क राखी उपचार गराएमा भने रोगबाट बच्न सकिन्छ ।

रेबिज रोगका मुख्य लक्षण

रेबिज रोगको लक्षण संक्रमित जनावरले टोकेपछि वा केही दिनमै देखा पर्न थाल्छ तर धेरैजसो अवस्थामा यो रोगको लक्षण देखिन धेरै दिनदेखि वर्षौंसम्म लाग्ने गर्छ । जनावरले टोक्दा त्यस ठाउँको मांसपेशीमा झन्झन् महसुस हुने अनुभूति हुन्छ । भाइरल रोग शरीरमा पुगेपछि स्नायुबाट भाइरस मस्तिष्कमा पुग्छ र निम्न लक्षणहरू देखिन थाल्छन् ।

– थकान महसुस हुनु

– टाउको दुख्नु

– ज्वरो आउनु

– रिस उठ्नु

– बेचैन हुनु

– अनौठो विचार आउनु

– कमजोरी र पक्षघात हुनु

– र्‍याल र आँसुको उत्पादन बढ्नु

– बोल्न अप्ठ्यारो हुनु

– अचानक आक्रमण गर्नु

यी लक्षण देखिएमा कुकुर बहुलाएको हुनसक्छ

– विना कारण झम्टिने

– धेरै मानिस र पशुलाई एकै पटक आक्रमण गर्ने

– चञ्चल हुने

– र्‍याल काढिरहने

– टाङमुनि पुच्छर राख्ने

– पानीदेखि डराउने

बहुला कुकुर वा अन्य जनावरले टोकेमा गर्नुपर्ने कुरा

– कुकुर वा जनावरले टोकेको घाउमा तुरुन्त साबुन र पानीले राम्ररी धुने ।

– टोक्ने कुकुर वा जनावरको १० दिनसम्म गतिविधि हेर्ने ।

– टोक्ने कुकुर वा जनावर १० दिनसम्म जीवित रहेमा रेबिज नलाग्ने ।

– टोक्ने कुकुर वा शंकास्पद जनावरले टोकेको १० दिनभित्र रेबिजको लक्षण देखापरेमा वा जनावर मरेमा वा बेपत्ता भएमा वा चिन्न नसकिएमा रेबिज रोग विशेषज्ञको सल्लाह लिएर मात्र रेबिजविरुद्ध खोप लगाउने ।

कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

– टोक्ने कुकुर वा जनावरमा १० दिनभित्र रेबिजका लक्षणहरू देखिएमा

– टोक्ने कुकुर वा जनावर चिनिएन, १० दिनभित्र मर्‍यो, मारियो वा बेपत्ता भएमा

– लक्षणको आधारमा बहुला हो भन्ने यकिन भएको कुकुरले टोकेमा

– घाउ, चोटपटक लागेको भागमा बहुला जनावरको र्‍याल परेमा

– कुनै पनि जंगली जनावरले अकस्मात् आक्रमण गरेमा वा टोकेमा

– रेबिजको लक्षणयुक्त व्यक्तिले टोकेमा वा आँखामा नै पर्नेगरी थुकेमा

– रेबिज रोग बहुला कुकुर वा अन्य बहुलाएको जनावरले टोकेमा लाग्छ । रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार हुँदैन ।

रेबिजको उपचार

रेबिजको कुनै निश्चित उपचार छैन । यदि संक्रमित जनावरले टोकेको छ भने सकेसम्म चाँडो स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस् ।

घाउलाई साबुन र पानीले राम्ररी सफा गर्नुहोस् । रेबिज निम्त्याउने भाइरसबाट बच्न विभिन्न खोप दिइनेछ । रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्नुपर्छ ।

कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुन पानीले घाउ सफा गर्ने, जतिसक्दो चाँडो अस्पताल पुर्‍याइ रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । रेबिज रोगको खोप पत्ता लगाउने वैज्ञानिक लुइस पास्चरको जन्मजयन्ती पारेर विश्वभर सेप्टेम्बर २८ मा यो दिवस मनाउँदै आइएको छ । रेबिज रोग बहुला कुकुर वा अन्य बहुलाएको जनावरले टोकेमा लाग्छ । रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार हुँदैन ।

पुष्करराज जोशी रेबिज संक्रामक रोग
लेखक
पुष्करराज जोशी, जनरल मेडिसिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?