+
+

कान्स मार्केटमा देखाइएको नेपाली फिल्म ‘तारा’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १४:५१

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको मार्केट खण्डमा छनोट भएको नेपाली फिल्म ‘तारा : द लस्ट स्टार’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चरित्र चित्रण र कथावस्तुबारे महत्वपूर्ण खुलासा गर्छ ।

साम्तेन भुटिया निर्देशित फिल्मले सामाजिक र सांस्कृतिक लाञ्छना र दबाबबीच पहिचान तथा खुसीको खोजीमा निस्किएकी महिला पात्रको कथा भन्छ । शीर्ष भूमिकामा श्यामाश्री शेर्पाले अभिनय गरेकी छन् ।

कान्स मार्केटमा फिल्मको प्रदर्शन हुँदा शेर्पा पनि त्यहाँ सहभागी थिइन् । यो फिल्म भारतमा भने १४ जुनमा रिलिज हुनेछ । नेपालको प्रदर्शन मिति चाँडै तय हुने निर्देशक भुटियाले अनलाइनखबरलाई जानकारी दिए ।

भारतको सिक्किममा छायांकन गरिएको र अधिकांश सिक्किमेली कलाकार सहभागी फिल्ममा नेपालबाट लुनिभा तुलाधरले पनि अभिनय गरेकी छन् । यसपटकको कान्समा ‘तारा’सहित लुनिभाका दुई फिल्म छनोट थिए । जसमध्ये अर्को ‘द सेमलेस’ले अन सर्टेन रिगार्डबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?