+
+

१ वर्ष अष्ट्रेलिया बसेका गैरनागरिकलाई पनि सेनाको जागिर खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १७:२०

२२ जेठ, काठमाडौं । कम्तिमा १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले पनि अष्ट्रेलियन सेनामा भर्ती हुन पाउने भएका छन् ।

कम जनसङ्ख्याको चुनौती सामना गरिरहेको अष्ट्रेलियाले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न कठिनाइ सामना गरिरहेको सन्दर्भमा मङ्गलबार गैरनागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको हो ।

‘जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइने छ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिने छ,’ रक्षामन्त्री रिचर्ड मार्लेसले बताए ।

बढ्दो क्षेत्रीय खतरा र कम जनसङ्ख्याको चुनौती सामना गरिरहेको बेला अष्ट्रेलियाले आफ्नो सैन्य शक्ति बलियो बनाउन यो रणनीति अपनाएको बीबीसीले लेखेको छ ।

जुलाईदेखि अष्ट्रेलियाका स्थायी बासिन्दाहरूका साथै न्युजिल्यान्डका नागरिकहरूले अष्ट्रेलियाली सेनामा भर्ती हुन पाउनेछन् । अर्को वर्षदेखि यूके, अमेरिका र क्यानडालगायत अन्य देशहरूबाट भर्तीमा विस्तार हुनेछन् ।

रक्षा मन्त्री रिचर्ड मार्लेसले यो परिवर्तन आगामी दशक र त्यसपछिका राष्ट्रका सुरक्षा चुनौतीहरू सामना गर्नका लागि आवश्यक परेको स्पष्ट पारेका छन् ।

फाइभ आइज नामक गठबन्धनअन्तर्गत अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा र न्युजिल्यान्डले खुफिया आदानप्रदानमा मिलेर काम गरिरहेका छन् । सुरुमा यी देशबाट भर्ती खुला गरिए पनि जनवरी १ देखि ‘कुनै पनि’ योग्य स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन् ।

देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकू सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको समाचार संस्था एएफपीले जनाएको छ । दुई करोड ६० लाख जनसङ्ख्या रहेको देशले उक्त सामग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तिका लागि सङ्घर्ष गरिरहेको छ।

अष्ट्रेलियन रक्षा बलमा अहिले लगभग ९० हजार जनशक्ति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?