
२२ जेठ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको स्थायी जागिर खाएर अवकाश पाएका भीमकुमार डिसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोय अनुसन्धान आयोगले श्री प्राथमिक विद्यालय, गोलटाकुरी दाङमा कार्यरत रही अवकाश पाएका शिक्षक डिसी विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
डिसीले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारको दाबी छ ।
डिसीले नेपाल सरकारको स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिइसकेका छन् ।
नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले डिसी सजायको भागीदार भएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4