+
+

बजेट महत्त्वाकांक्षी होइन, उत्पादनमुखी हो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १७:१७

२२ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको दाबी गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले महत्वाकांक्षा नराखी जनताको आवश्यकता पूरा गर्ने गरी बजेट ल्याएको बताए ।

‘पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट प्रस्तुत गरेको छु’, उनले भने ।

अर्थतन्त्रलाई थप चलायमान बनाउने र निजी क्षेत्रको मनोबल बढाउने बजेटको उद्देश्य रहेको भन्दै उनले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको जिकिर गरे ।

ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै बजेट नगएको जिकिर गर्दै अर्थमन्त्री पुनले १६५ निर्वाचन क्षेत्रमा नै पुग्ने गरी व्यवस्था गरिएको बताए ।

‘मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोप र टिप्पणी हुनेगर्छ । अहिले त्यस्तो नभएर अहिले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?