+
+

टी–२० विश्वकपमा नेपालको खेल टुँडिखेलसहित ३ ठाउँबाट प्रत्यक्ष देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १७:४८

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको छ ।

महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।

टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखेर देखाउने महानगरले जनाएको छ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने देखाएको हो ।

टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा मेयर बालेन शाह पनि सहभागी हुने ओपन डोर इन्टरटेनमेन्टले जनाएको छ । टुँडिखेलमा खेल सुरु हुनुअगाडि इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने महानगरले जनाएको छ ।

टुँडिखेलमा खाजा र खानाको स्टल समेत रहनेछ । ९ः १५ देखि हुने खेलका लागि महानगरपालिकाले अपरान्हदेखि नै गेट खुला गरिसकेको छ । यहाँ खेल हेर्न शुल्क पनि लाग्दैन ।

टुँडिखेलमा महानगरले कन्सर्टको लागि आवश्यक पर्ने स्टेज, लाइट र स्टलको व्यवस्थापन गरिसकेको छ । यस्तै तीनकुने र हाँडिगाउँमा पनि निशुल्क रुपमा खेल देखाउन लागिएको हो ।

काठमाडौं महानगरका अनुसार मंगलबार हुने खेल र त्यसको प्रत्यक्ष प्रसारणबारे स्थानीय प्रशासन, प्रहरीलाई खबर गरिसकेको छ भने प्रत्यक्ष प्रसारण हुने स्थानमा महानगरको नगर प्रहरी बलले थप सुरक्षा दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?