+

प्रधानमन्त्री कप भलिबलमा आर्मीको चौथो जित

२०८१ जेठ  २२ गते १७:४५ २०८१ जेठ २२ गते १७:४५
प्रधानमन्त्री कप भलिबलमा आर्मीको चौथो जित

२१ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा पुरुषतर्फ खेलमा सुदूरपश्चिमलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले लिगमा चौथो जित हासिल गरेको छ ।

सोमबार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई २५-२२, २५-१५, र २५-२२ को सेटमा पराजित गरेको हो ।

सुदूरपश्चिमको भने यो चौथो हार हो । यसअघि सुदूरपश्चिमले नेपाल पुलिस, गण्डकी प्रदेश र हेल्प नेपालसँग हार व्यहोरेको थियो ।

भलिबल सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय