२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिला तर्फको खेलमा एभरेष्ट भलिबल क्लबले न्यू डायमण्ड क्लबलाई पराजित गरेको छ।
एभरेष्टले २५-२१, २५- १९ र २५- १८ को सोझो सेटमा न्यू डायमण्डलाई पराजित गरेको हो । यो एभरेष्टको तेस्रो जित हो भने न्यू डायमण्डको तेस्रो हार हो ।
यसअघि एभरेष्टले त्रिभुवन आर्मी र कर्णाली प्रदेशलाई हराएको थियो । न्यू डायमण्डले पुलिस र एपीएफसँग हार ब्यहोरेको हो ।
प्रतिक्रिया 4