+

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालसँग एपीएफ पराजित

२०८१ जेठ  २२ गते १८:१८ २०८१ जेठ २२ गते १८:१८
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालसँग एपीएफ पराजित

२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुष तर्फको खेलमा एपीएफले चौथो हार ब्यहोरेको छ ।

सोमबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा एपीएफले हेल्प नेपालसँग  २५-१८, २५-२४  र २५-२२ को हार ब्यहोरेको हो ।

एपीएफ यसअघि गण्डकी, नेपाल पुलिस र त्रिभुवन आर्मीसँग पराजित भएको थियो । हेल्प नेपालको भने यो चौथो जित हो । हेल्प नेपालले यसअघि कोशी, सुदूरपश्चिम र बुढानीलकण्ठलाई पराजित गरेको थियो ।

प्रधानमन्त्री कप भलिबल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय