
राजीनामा दिने तयारीमा रहेका मन्त्री गोविन्द न्यौपाने र बेची लुंगेली ।
२२ जेठ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले मधेश सरकार छाड्ने तयारी गरेको छ ।
एकीकृत समाजवादीबाट सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउँदैछन् ।
राजीनामा बुझाउन दुबै मन्त्री मुख्यमन्त्री यादवको सरकारी निवासमा पुगेका छन् । तर मुख्यमन्त्री बाहिर रहेकाले राजिनामा पत्र बुझाउन प्रतिक्षामा रहेको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् ।
राजीनामा पत्र बुझाएपछि समर्थन पनि फिर्ता लिने उनले बताइन् । मधेश सरकारबाट यसअघि नेकपा एमाले र माओवादी केन्द्र बाहिरिसकेका छन् ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4