+
+

सहकार्यात्मक अनुसन्धान अनुदानका लागि अनुसन्धानकर्ता छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १८:४९

२२ जेठ, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि ‘सहकार्यात्मक अनुसन्धान अनुदान’का लागि अनुसन्धानकर्ता छनोट गरेको छ ।

आयोगले जारी गरेको सूचनाअनुसार सात वटा शीर्षकका लागि सात मुख्य अनुसन्धानकर्ता तथा १९ सहअनुसन्धानकर्ता छनोट भएका हुन् ।

छनोट भएका अनुसन्धानकर्ताले आवेदन दिंदा आफूले बुझाएको विषयमा अनुसन्धान गर्नेछन् । विश्वविद्यालय अनुदान आयोगले स्नातकोत्तर, एमफिल र पीएचडी अध्ययन गरिरहेका विद्यार्थीलाई अनुसन्धानका लागि सघाउँदै आएको छ ।

आयोगले मंगलबार नामावली सार्वजनिक गर्दै छनोट भएका अनुसन्धानकर्तालाई अनुसन्धान अनुदान रकम प्राप्त गर्न ३२ जेठभित्र छनोटमा सहमति जनाउन सूचित गरेको छ ।

आवेदकहरुको प्रस्ताव मूल्यांकन, प्रस्तुतीकरण, शैक्षिक योग्यता, अनुसन्धानात्मक लेख प्रकाशनको आधारमा नाम छनोट गरेको आयोगले जनाएको छ ।

अनुसन्धान तथा छात्रवृत्ति महाशाखाका निर्देशक प्रा.डा.लालप्रसाद अम्गाईले समयमा सहमति नभए अनुदान रकम निकाशा दिन आयोग बाध्य नहुने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?