+
+

उदयपुरमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १९:३७

२२ जेठ, उदयपुर । उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विद्यालाल साहले बताए ।

उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय विरा राई रहेका छन् ।

आज त्रियुगा नगरपालिका–१ फुलजोरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक साहले बताए ।

टिप्पर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?