+
+

एकीकृत समाजवादीले छोड्यो मधेश सरकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १९:५१

२२ जेठ, जनकपुर । नेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन् ।

दुवैजनाले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादव बाहिर भएका कारण सचिवालयमा राजीनामा पत्र बुझाएको लुंगेलीले जानकारी दिइन् ।

सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

समाजवादीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता भएको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?